कांग्रेस वरिष्ठ नेता पौडेल र नवनियुक्त जापानी राजदुतबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि नवनियुक्त जापानी राजदुत मासामिची साइगोसङले आज शिष्टचार भेट गरेका छन्। वरिष्ठ नेता पौडेलको निवास बालाजुमा भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको थियो।

नेता पौडेलसँगको भेटमा जापान नेपालको कृषि क्षेत्रमा लगानी गर्न तयार रहेको जानकारी राजदुत मासामिची साइगोसङले गराएका थिए।

सो क्रममा वरिष्ठ नेता पौडेलले तनहुँ जिल्लाको तनहुँ हाइड्रोमा जापान सरकारले लगानी गरेकोमा राजदुत मासामिची साइगोसङलाई धन्यवाद दिएका थिए।

त्यसैगरी पौडेलले नेपालको समृद्धिका लागि कृषि क्रान्ति, उर्जा शक्तिको विस्तार र पर्यटनको विकास आवश्यक भएकोले यी क्षेत्रमा लगानी गर्न जापानलाई आग्रह गरेको नेता पौडेलका सहयोगि चिरिन्जीवी अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्