राजपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने

काठमाडौं । नेपाली काँग्रेसको आन्दोलनका कारण सरकार अप्ठ्यारोमा परेको बेला राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट आफ्नो समर्थन फिर्ता लिने भएको छ ।

राजपाले केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिएपनि हालसम्म आफूहरुसँग भएका सम्झौता कार्यान्वयनमा चासो नदिएको भन्दै समर्थन फिर्ता लिने भएको हो ।

राजपा नेपालले सविधान संशोधन लगायत मधेश आन्दोलनको क्रममा पक्राउ परेका र थुनामा रहेकालाई रिहाईको माग गरेको छ । त्यसै अनुसारको सम्झौता पनि भएको थियो ।

राजपा नेपालका सांसद रेशम चौधरी अहिले थुनामा छन् । सो पार्टीले चौधरीको रिहाईको माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्