रिलायन्स फाइनान्सको ३ लाख कित्ता सेयर आजबाट लिलामीमा

मंगलबार, ०८, २०७५

काठमाडौं । रिलायन्स फाइनान्सको संस्थापक समूहको ३ लाख १ हजार २७४.५२ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । फाइनान्सले यसअघि पनि २ पटकसम्म संस्थापक सेयर बिक्री खुला गर्दा शेयर नबिकेपछि मंगलबारदेखि तेस्रो पटक लिलामीमा ल्याइएको हो ।

यस लिलामीमा भने सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र भर्न सकिनेछ । लिलामी भर्ने अन्तिम समय साउन १६ गतेसम्म छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं लगायत सनराइज बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन ।
साथै, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट समेत लिलामी भर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्