सुरक्षा चुनौतीका विषयमा उच्चस्तरीय छलफल,श्रृंखलाबद्ध विस्फोटले मतदाता त्रसित

काठमाडौं । मंसिर २१ को आसन्न दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा चुनौतीको विषयलाई लिएर शुक्रबार निर्वाच आयोगमा उच्चस्तरीय छलफल भएको छ ।
सुरक्षा निकायका प्रमुख र निर्वाचन आयोगका पदाधिकारीबीच भएको उक्त छलफलमा निर्वानमै सहभागी दलहरुलाई नै निर्वाचन आचारसंहिता एवं निर्वाचविरोधी गतिविधि गरेको र उम्मेद्वारलाई लक्षित गरेर विभिन्न स्थानमा बमविष्फोट हुनुलाई गम्भिरता पुर्वक लिएको छ ।
मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीमा जुटिरहँदा सुरक्षा चुनौतीको विषयमा निर्वाचन आयोग र सुरक्षा निकाय पनि चिन्तित बनेको छ ।
पहिलो चरणको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको ठहर गरेको आयोगले केही दिनयता भएका श्रृंखलाबद्ध रुपमा भएका विस्फोटमा आयोग गम्भीर बनेको हो । विष्फोटमा परी म्यादी प्रहरीको समेत मृत्यु हुनु र उम्मेदवार नै घाइते हुने प्रधानमन्त्रिको निजि निवासगरी बुढानिलकण्ठ, लगनखेल,रौतहट,उदपुर,तनहु,दाङ्ग लगाएत का विभिन्न स्थानमा आक्रमण तथा बम विस्फोटका घटना बढ्नुले पनि आयोग गम्भीर बनेको हो ।
दिन–दिनै सुरक्षा चुनौती बढेपछि आयोगले शुक्रबार सुरक्षा निकायका उच्च अधिकृतहरुसँग विगतका घटनाहरुको समीक्षा र चुनावलाई भयरहित र सुरक्षित रुपमा सम्पन गर्न आगामी रणनीतिको विषयमा छलफल गरेको हो ।
उक्त छलफलमा राजनीतिक आवरणमा आतंककारी शैलीमा भइरहेका निर्वाचनविरोधी गतिविधिलाई निरुत्साहित गर्न निर्वाचनमै सहभागी दलहरुबाट असहयोग भएको निर्वाचनका आयुक्त सुधीरकुमार शाहले आरोप लगाए ।उनले दलका कार्यकर्ताहरुसँग अवाञ्छित गतिविधिको सूचना भएता पनि सुरक्षा निकायसँग समन्वय नगर्दा आतंककारीहरुलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई पनि अप्ठ्यारो भइरहेको बताए ।
यसरी श्रृंखलाबद्ध रुपमा बम विस्फोट र एम्बुस नेताहरुलाई लक्षित गरी एम्बुस थाप्ने लगाएत घटना भए पश्चात दोस्रो चरणको निर्वाचनको सुरक्षालाई लिएर गृह मन्त्रालयले समेत आयोगसँग छलफल गरेको छ ।
साथै आगामी निर्वाचनलाई सफल बनाउन गृहमन्त्रालयले मतदाताहरुलाई भयरहित ढङ्गले ढुक्क भई मतदान गर्ने सुरक्षा योजना बनाइसकेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले दाबी छ ।
मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ सदस्यका लागि निर्वाचन हुँदैछ ।
दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ १ हजार ६६३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन भने प्रदेशसभातर्फ २ हजार ८१९ जना मैदानमा उत्रिएका छन ।
सरकारले निर्वाचनमा २ लाख ७२ हजार सुरक्षाकर्मी खटाउने तयारी गरेपनि ज्यानै जाने गरी भएका आक्रमण र दिन–दिनै हुने गरेका विस्फोटका घटनाले मतदाताहरुमा त्रास फैलिएको छ । यसरी दिनदिनै श्रृंखलाबद्ध विस्फोट र एम्बुस थाप्ने अपराधि गतिविधिमा संलग्नहरुलाई पक्राउ गरि कारबाहि गर्न नसक्नु ले सुरक्षामा चुनौति थपिदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्