मन्त्री तामाङको अभिव्यक्ति: अब छोरीहरु प्रति समाजले हेर्ने दृष्टिकोण कस्तो रहला ?

काठमाडौं ।  बंगलादेशमा डाक्टरको सर्टिफिकेट लिन छात्राहरुले आफुलाई कही न कही बेच्नै पर्ने बताएपछि यति बेला मन्त्री तामाङ विवादित बनेका छन्।

उनको यस अभिव्यक्तिको सामाजिक सञ्जाल लगाएतमा व्यापक विरोध भएको छ। कानुन मन्त्री शेरबहादुर तामाङले  बंगलादेशमा डाक्टर पढ्न गएका छारीहरुले डाक्टरी सर्टिफिकेटका लागी त्यहाका पा्रेफेसरलाई आफ्नो शरिर बेच्न बाध्य हुन्छनर्् भने कुरा कहा र को बाट सुनेका हुन ?  मञ्चबाट फलाकेको उनको यो अभिव्यत्तिलाई अब कसैे पनि भाषणका रुपममा लिने छैनन,

यो उनको अभिव्यत्तिले आज उग्ररुप लिएको छ भने जतातौ विरोध भइरहेको छ । यसको प्रमाण उनले आम नेपालीलाई दिनैपर्छ ।

उनले यो कुराको सप्रमाण समिक्षासहित खुलासा गर्न सकेनन भने उनी गम्भीर प्रकृतिका अपराधि हुने छन् र उनलाई कानुन मन्त्रिको कुर्सिमा रहने अधिकार हुने छैन र आज यो अधिकारको समाप्त पनी हुदै छ ।

माफी मागेर उनी उम्किदैनन,उनी सजायको भागिदार बन्नै पर्छ किनकि कानुन मन्त्री ले लगाएको आरोपले सामान्य रुप लिनै सक्दैन ।

यस्ता उनका कुरा सुन्दा त हाम्रा छोरीहरुलाई सरकारले हरेक वर्ष बंगलादेशमा डाक्टर पढ््न होइन,शरीर बेच्न पो पठाएको रहे छ ।सर्टिफिकेटकै लागि पा्रेफेसरलाई शरीर बेच्न बाध्य हुनु पर्ने तर उही कलेजमा एउटै क्लासमा पढ्ने छोराहरु चाहिँ खुरुखुरु पास हुने ?
मन्त्रि तामाङले यस्ता अभिव्यक्ति दिरहादा हाम्रा ति छोरीहरु प्रति हाम्र्रो समाजले हेर्ने दृष्टिकोण कस्तो रहला अबका दिनमा ?

मन्त्री शेरबहादुर तामाङको बर्खास्तगीको माग गर्दै नेपाल विद्यार्थी संघ महिला केन्द्रिय समितिले आज प्रदर्शन गरेको छ।

नारी अस्मितामाथि खेलबाड गरेको भन्दै कानुनमन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गर्दै  प्रधानमन्त्री निवास बालुवाटार अघि विरोध प्रदर्शन गरिएको हो।

गत साउन ४ गते काठमाडौंको एक विद्यालयमा भएको कार्यक्रममा कानुनमन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली छात्राहरुले अस्मिता बेचेर शैक्षिक प्रमाणपत्र पाउने गरेको हल्का टिप्पणी गरेका थिए।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्