अभिव्यक्तिकै कारण शेरबहादुर तामाङको मन्त्री पद खोसियो , राजीनामा दिन नेकपाको निर्देशन
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । बंगलादेशमा चिकित्सा शास्त्र अध्ययनरत छात्राबारे विवादास्पद अभिव्यक्ति दिएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आज राजीनामा दिने भएका छन् ।
राजीनामा दिन उनी आबद्ध नेपाल कम्युनिष्ट पार्टीका केही नेताले दबाब दिएपछि उनी राजीनामा गर्न बाध्य भएका हुन् ।
मन्त्री तामाङले राजीनामा दिनका लागि मन्त्रालयमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री तामाङले बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका छात्राहरु शरीर बेचेर सर्टिफिकेट लिन बाध्य रहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्