पश्चिम र पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने, अरु ठाउँको मौसम कस्तो ?
काठमाडौं । आज पूर्वी र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार पूर्वी र पश्चिमी केही ठाउँमा आज ठूलो वर्षाको अनुमान गरिएको छ ।
मध्य क्षेत्रमा भने आज सामान्यदेखि मध्यम खालको वर्षा हुने उनले जानकारी दिए ।
स्थानीय बायुको प्रभाव र स्थानीय जलवाष्पयुक्त हावाको प्रभावले मध्य क्षेत्रमा पानी पर्ने सम्भावना भए पनि ठूलो पानी नपर्ने उनले बताए ।
यस्तै मंगलबार राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बलदी हुने र पानी पर्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्