झापाको भद्रपुर नाकाबाट लागूऔषधसहित दुई युवक पक्राउ

काठमाडौं। झापाको भद्रपुर नाकाबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। झापा शिवसताक्षी नगरपालिका–२ बस्ने खगेन्द्र गुरुङ र दिनेश अधिकारी लागूऔषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। भारतको गलगलियाबाट भद्रपुर नाका हुँदै नेपाल आउँदै गरेको मे ८ प २०४४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। प्रहरीले उनीहरुको साथबाट लागूऔषध स्कफ १८ बोतल र नाइट्रोसन ट्याब्लेट २ सय ४० एम्पुल बरामद गरेको छ।दुवै जनालाई लागूऔषधसहित आवश्यक कारवाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको डीएसपी बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्