कर्मचारी संगठनको टिपण्णी : डा. केसीले संसदको अधिकारमाथि हस्तक्षेप गरे
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले डा. गोविन्द केसीले संसदको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएको छ ।
संगठनको चौथो केन्द्रीय कार्य समितिको बैठकका निर्णय सार्वजनिक गर्दै संगठनले कर्मचारी आफ्नो अनुसाशनमा रहनु पर्ने बताएको हो ।
संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले सार्वभौम संसदबाट निर्माण हुने राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई व्यक्तिगत मागबाट जवरजस्ती पूरा गराउन आमरण अनशन बसेको आरोप लगाए ।
अस्पताल जस्तो संवेदनशिल र अत्यावश्यक सेवा प्रदान गर्ने निकायमा सेवा अवरुद्ध हुँदा विरामीको उपचारमा गम्भीर असर पर्ने भएकाले हड्ताल, जुलुस जस्ता अवरोध नगर्न आव्हान गरेको छ ।
केसीका जायज माग वार्ताबाट सम्वोधन गर्न संगठनले आग्रह गरेको छ । यस्तै संगठनको बैठकले कर्मचारी हकहितका विषयमा विभिन्न निर्णय समेत गरेको छ ।
संगठनको चौथो बैठकका निर्णय
प्रतिक्रिया दिनुहोस्