नयाँ नेपाल लघुवित्तको १ः२.५ प्रतिशत हकप्रद साउन २७ गतेदेखि खुला

सोमवार, साउन ७, २०७५

काठमाडौं । नयाँ नेपाल लघुवित्तले साउन २७ गतेदेखि १ः२.५ को अनुपातमा २ सय ५० प्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ६ लाख कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।

हकप्रद निष्काशनको प्रयोजनार्थ कम्पनीले श्रावण ७ गते एक दिनको लागि सेयर धनी दर्ता किताब बन्द गर्ने भएको छ । हकप्रदमा साउन ६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन पाउने छन् । लगानीकर्ताले भदौ ३१ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।
कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्