जातीवाद र अपमानका कारण अन्तर्राष्ट्रिय फुटबलबाट ओजिलको सन्यास

सोमवार, साउन ७, २०७५

एजेन्सी । जर्मनीका मिडफिल्डर मेसुट ओजिजले जर्मन फुटबल संघमा भएको जातीवाद र विश्व कपको पहिलो चरणबाट बाहिरिनुमा आफुलाई मात्र दोषी देखाएको महसुस गरेपछि अन्तर्राष्ट्रिय फुटबलबाट उनले सन्यासको घोषणा गरेका छन् । ओजिलले अन्तर्राष्ट्रिय फुटबल यात्रालाई अन्त्य गर्ने निर्णयमा पुगेका छन् ।

२९ वर्षे प्लेमेकरले आफुलाई राजनीतिक ढंगबाट मुछ्ने काम भएकोमा गुनासो गर्दै अब राष्ट्रिय टोलीको जर्सी नलगाउने बताएका छन् । विश्व कपमा जर्मनीले सबै भन्दा खराब गर्दा ओजिलको चर्को आलोचना समेत भएको थियो । टर्कीका राष्ट्रपति रिकेप टेएप इर्डोडोनसँग ओजिलको तस्बिर विश्व कप अघि सार्वजनिक भएकोले झन विवाद चर्काइएको थियो ।

आइतबार सामाजिक सञ्जालमा तीन वटा चिठ्ठी सार्वजनिक गर्दै ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले छोड्नुको मुख्य कारण जातीवाद र अपमान बताएका छन् ।

ओजिल जर्मनी र टर्कीस मिश्रित परिवारका हुन् । उनले उनको परिवारलाई इमेल, फोन र सामाजिक सञ्जालमार्फत धम्की आइरहेको पनि बताएका छन् । उनले ट्वीट गदैै भनेका छन्, ‘जर्मन फुटबल संघबाट मैले जस्तो व्यवहारको सामना गर्नुपर्यो, जसका कारण अब मलाई राष्ट्रिय टोलीको जर्सी लगाउने इच्छा रहेन ।’ तर जर्मनीले सन् २०१४ मा विश्व कप जित्दा ओजिल टोलीका महत्वपूर्ण सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्