उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि
काठमाडाैं । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको फुटबलमा ५ टिमको सहभागिता रहेको छ ।
आज दिउँसो १ बजे हुने उद्घाटन खेलमा पुलिस र आर्मी भिड्दा दोस्रो खेलमा रौतहट र काठमाडौं आमने सामने हुनेछन् ।
प्रतियोगितामा ३ विभागीय सहित मोफसलका २ महिला टिमले सहभागिता जनाउँदैछन् । बिभागीय क्लबहरु एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै काठमाडौं फुटबल संघ र रौतहट फुटबल संघले प्रतिस्पर्धा गर्नेछन् ।
आगामी साफ महिला फुटबलको छनौटका लागि प्रतियोगिता आयोजना गरिएको हो । राउण्ड रोबिन लिग प्रणाली अनुसार हुने प्रतिस्पर्धाको उपाधि प्वाइन्टका आधारमा तय हुने छ । सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि अंक बढीहुने टिमले उपाधि जित्ने छ ।
प्रतियोगिता तयारीका लागि एन्फाले हरेक टिमलाई ५० हजार रुपैयाँ प्रदान गरेको पनि जनाएको छ । उपाधि विजेताले २ लाख पाउँदा उपविजेताले १ लाख ५० हजार पाउने छ ।
प्रतिक्रिया दिनुहोस्