हकप्रद निष्काशनको अनुमति माग्दै नेको इन्स्योरेन्सद्वारा नेपाल धितोपत्र बोर्डमा आवेदन

काठमाडौं । नेको इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डमा हकप्रद निष्काशनको अनुमति माग्दै आवेदन दिएको छ । कम्पनीले २ः१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति मागेको हो ।

कम्पनीले ३९ लाख २० हजार ९ सय २८ दशमलव ११ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीको असोज १० गते बसेको २२ साधारणसभाले १० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी ७१ करोड २८ लाख रहेकोमा ५० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १७ करोड पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्