ट्रिपर व्यवसायीको प्रश्न : प्लेन दुर्घटनाबाट हजारौंको ज्यान गई सक्यो, अब प्लेन उडाउन रोक्ने ?
काठमाडौँ । नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले राणा र पंचायती शासन शैलीमा काठमाडौँमा निर्माण सामाग्रीहरु रोडा, बालुवा, ढुङ्गा आदी बोक्ने ट्रीपरलाई बिहान ५ बजेदेखी बेलुका ८ बजेसम्म चक्रपथमा गुड्न नदिन आदेश दिएको भन्दै ट्रीपर चालकहरुले बिरोध स्वरुप गाडी चलाउन बन्द गरेका छन ।
शनिबार पृथवी राजमार्गमा ट्रिपर रोकेर आन्दोलन गरेका ट्रिपर व्यवसायी र चालकले सरकार व्यवसायीमाथी जाईलागेर राम्रो काम नगरेको जिकिर गरे ।
उनिहरुले भनेका छन-‘मन्त्री बादलको तर्क अचम्म छ सवारी दुर्घटना बढ्यो रे । दुर्घटना बढ्यो भने सडकको स्तर उन्नती गर्ने, ट्राफिक नियम कडाईका साथ पालना गराउने, चालकहरुलाई दुर्घटना न्युनिकरण गर्न सचेत रहन सुझाब दिने कि गाडी गुड्न नदिने ? केरेन्ट लागेर सयौं जनाको ज्यान गई सक्यो के अब लाईन काटेर अन्धकारमा बस्ने ? प्लेन दुर्घटनाबाट हजारौंको ज्यान गई सक्यो के अब प्लेन उडाउन रोक लगाउने ? ग्यास पड्केर र ग्यास लिक भई आगोलागी भएर सयौंको ज्यान गई सक्यो के अब ग्यासको प्रयोग गर्न रोक लगाउने ? के अब काठमाण्डौमा सडक, पुल, भबन लगायतका भौतिक पूर्बाधरको निर्माण गर्नु पर्दैन ? बिचरा मन्त्रीज्युको बुद्धी ।’
यतिबेला भुकम्पपिडित लगायत कैयौं सर्बसाधारणले घर बनाउदै छन । थुप्रै बिकास निर्माणका कार्यहरु भई राखेका छन । ‘व्यवसायीहरुले करोडौं लगनी गरेर गाडी किनेर ब्यबसाय गरेका छन । न बिकास निर्माण गर्न समस्या हुन्छ कि भनेर सोचेको देखियो, न सर्बसाधारण मर्कामा पर्छन कि भन्ने सोचेको देखियो, न ब्यबसायीको लगानी डुब्छ कि भन्ने सोचेको देखियो, न चालक तथा सहचालकको रुपमा श्रम गर्ने श्रमिकको रोजगारी र उनीहरुमा आश्रित परिवारमा आईपर्ने समस्या प्रती सोचेको देखियो ।’
उनिहरुले गृहमन्त्रीलाई प्रश्न समेत गरेका छन-‘कुन योग्यता भएर गृहमन्त्री भए कमरेड बादल ?’ गृहमन्त्रीको उक्त बिना सुझबुझको निर्णय फिर्ता लिन आग्रह गर्दै चालकहरुको बिरोध र आन्दोलन प्रती एक्यबद्धता जनाउन चालक र व्यवसायीले अनुरोध गरेका छन ।
प्रतिक्रिया दिनुहोस्