भार्गवको ८० प्रतिशत हकप्रद सेयर ९ महिनासम्म पनि गएन डिम्याट खातामा

काठमाडौं / साउन ६, २०७५

भार्गव विकास बैंकले आज साउन ६ गतेदेखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । आवेदन फारममा लगानीकर्ताले उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकम फिर्ता हुनेछ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आवद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा पैसा फिर्ता पठाइने छ ।

बैंक खाता नम्बर फरक भएका र आवेदन फारममा बैंक तथा वित्तीय संस्थाको नाम उल्लेख नगरेका सेयरधनीहरुलाई बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा सम्पर्क गर्न सकिनेछ । असार १७ गतेदेखि २७ गतेसम्म संस्थापक समूहको ६ लाख ६७ हजार ७०६ कित्ता सेयर लिलामीमा ल्याएको थियो । ८० प्रतिशत हकप्रद सेयर अझै डिम्याट खातामा पठाइएको छैन ।

सबै हकप्रद नबिकेपछि त्यसलाई लिलामीमा ल्याइएको थियो । तर संस्थापक तर्फको सेयर लिलामी गर्दा पनि पहिलो पटक बिक्न नसकेपछि कम्पनीले दोहोर्याएर लिलामी खुला गरेको हो ।

लिलामी प्रक्रिया लम्बिएकाले लगानीकर्ताको खातामा सेयर पठाउन ढिलाई भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ । अब करिब १ साताभित्र हकप्रद तथा लिलामीमा बिक्री भएको सेयर नेप्से तथा सीडीएसमा सूचीकृत गरिनेछ । त्यसपछि लगानीकर्ताको डिम्याट खातामा सेयर पठाउन थालिने एनएमबि क्यापिटलले जनाएको छ ।

more news

प्रतिक्रिया दिनुहोस्