नयाँ नेपाल लघुवित्तको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नयाँ नेपाल लघुवित्तले निष्काशन गर्न लागेको २५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हकप्रद प्रयोजनका लागि लघुवित्तले श्रावण ७ गते शेयर धनी दर्ता किताब बन्द गर्ने भएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

लघुवित्तको हकप्रद आवेदन दिन पाउनका लागि श्रावण ६ गते आइतबारसम्म शेयरधनी बनिसक्नु पर्नेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । ६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरे पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्