सिटिजन्स बैंकको नाफा ३० प्रतिशत बढेर १ अर्ब ४० करोड पुग्यो
काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष ०७४र०७५ मा खुदनाफा ३० प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्षमा बैंकले नाफा बढाएर १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खदनाफा १ अर्ब ८ करोड १६ लाख रुपैयाँ थियो ।
गत वर्ष बैंकको ब्याज आम्दानी बढेर २ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ थियो ।
बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा निक्षेप तथा कर्जा विस्तार प्रक्षेपण गरेअनुसार रहेको जानकारी दिएको छ ।
ब्याज खर्चमा केही वृद्धि भए पनि नाफा सन्तोषजनक रहेको बैंकले जानकारी दिएको छ ।गत वर्ष बैंकले ४६ करोड ४१ लाख रुपैयाँ निष्क्रिय कर्जा असुल राइट ब्याक गरेको छ ।
समीक्षा अवधिमा बैंकको निक्रिय कर्जा अनुपात घटेर १।२५ प्रतिशतमा झरेको छ । गत चैतसम्म यस्तो कर्जा १.४६ प्रतिशत थियो ।
बैंकको संचित कोषको आकार बढेर २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले ६१ अर्ब ६८ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ५७ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको संचित कोषको आकार बढेर २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले ६१ अर्ब ६८ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ५७ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।















प्रतिक्रिया दिनुहोस्