डा.केसीका मागमा समर्थन जनाउन आजबाट सामूहिक सत्याग्रह थालिने, केसीको स्वास्थ्य अवस्था भने अत्यन्तै शिथिल
काठमाडौं । २३ दिनदेखि आमरण अनशनरत डा। गोविन्द केसीका मागमा समर्थन जनाउन आजबाट सामूहिक सत्याग्रह थालिने भएको छ ।
नागरिक समाजका अगुवाहरुले थाल्ने सामूहिक सत्याग्रह काठमाडौंको वसन्तपुर डबलीमा हुनेछ । जहाँ आम नागरिक सहभागिता बन्नेछ ।
सोलिडारिटी फर डा। केसी अलायन्सको आयोजनामा हुन लागेको सत्याग्रह विहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै २२ दिनदेखि अनशनरत डा। केसीको जीवनरक्षाका लागि प्रबुद्ध समूहले हिजो पनि काठमाडौंमा विशाल प्रदर्शन गरेको थियो ।
यता, २३ दिनदेखिको आमरण अनशनरतका कारण डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था भने अत्यन्तै शिथिल भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशनरत डा। केसीलाई बीसौं दिनका दिन सरकारले काठमाडौं ल्याएपनि थप वार्ता नहुँदा डा। केसीले उपचार नै गर्न मानेका छैनन् ।
उपचार गर्नै अस्वीकार गदा स्वास्थ्यस्थिति दिनप्रतिदिन शिथिल बनेको हो । काठमाडौंको शिक्षण अस्पतालमा उनी निरन्तर अनशनमा छन् ।
आफुलाई इच्छाविपरित बल प्रयोग गरी सरकारले काठमाडौं ल्याएको भन्दै थप उपचार नगर्ने अडान डाक्टर केसीले लिएका छन् ।
उनलाई अहिले अक्सिजन र सामान्य स्लाइन मात्र दिइएको छ । चिकित्सकहरु भने उनलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताउँछन् ।
डा। केसीलाई काठमाडौं ल्याएर वार्ता थाल्ने बताएको सरकारले तीनसम्म पनि वार्ताप्रति कुनै वास्ता नगरेको हो । हिजो भने सरकराले बिना शर्त वार्तामा आउन केसी पक्षधरलाई आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्