सिरक उद्योगमा भिषण आगलागी , २० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट
काठमाडौं । नेपालगञ्जको विपी चोकमा रहेको चाँद सिरक इन्टरप्राइजेजमा गय राती आगलागी भएको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डाँगीका अनुसार आगलागीबाट २० लाख रुपैयाँ मूल्य बराबरको सामान जलेर नष्ट भएको छ ।
नेपालगञ्जका मोहम्मद आइसले सिरक इन्टरप्राइजेज भाडामा संचालन गर्दै आएका छन् ।
सिमसिम पानी परिरहेको समयमा राती १० बजेतिर नजिकै रहेको बिजुलीको पोलमा बिजुली सर्ट भई आगलागी भएको थियो ।
दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए
प्रतिक्रिया दिनुहोस्