प्रहरीको लाठी लागेर तरुण दल अध्यक्ष बस्नेत घाइते

काठमाडौं। डाक्टर गोविन्द केसीका माग पूरा गर्न दबाब दिंदै तरुण दलले गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा तरुण दलका अध्यक्ष जीतजँग बस्नेतसहित धेरैजना घाइते भएका छन् ।

अध्यक्ष बस्नेतको टाउको फुटेको र उहाँको निजामती अस्पतालमा उपचार भइरहेको तरुण दलले जनाएको छ । प्रदर्शनकारीको ढुँगा लागेर केही प्रहरी पनि घाइते भएका छन् ।

माइतीघरबाट नयाँ बानेश्वर पुगेको तरुण दलको जुलुशले निशेधित क्षेत्र तोड्न थालेपछि बल प्रयोग गरेको थियो । प्रहरीले प्रदर्शनकारीलाई माइतीघरतिरै लखेटेपछि प्रदर्शनकारीले इन्द्रेणी फुड ल्याण्डको पार्किङमा राखिएका तीनवटा सरकारी गाडी र होटलमा ढुँगामुढा गरेका छन् । ढुँगा लागेर गाडी र होटलको शिशा फुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्