एनएमबि बैंकको ११० औं शाखा सप्तरीको तिलाठीमा

काठमाडौं । एनएमबि बैंकले आफ्नो शाखा विस्तारको क्रममा सप्तरीको तिलाठी गाउँपालिकामा ११० औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको निर्देशानुसार समय सिमा भित्रै बैंकले देशका बिभिन्न स्थानिय प्रदेशहरुका गाउँपालिका, नगरपालिका तथा बैकिङ्ग पँहुचबाट टाढा रहेको स्थानहरुमा नयाँ शाखाहरु खोलेको हो ।

यो शाखाको शुरुवातसँगै बैंकको ११० शाखा ४ एक्टेन्सन काउन्टर र ९६ एटिएमको संख्या पुगेको छ ।

बैंकको भगिनी संस्था एनएमबि माइक्रो फाईनान्स्को ७५ शाखा संजाल समेत गरेर देशको सबै क्षेत्रमा सन्तुलित बैकिङ्ग पँहुच पुगेको छ भने यसले स्थानीयहरुको वित्तिय सहभागिता बढाउदै जीवनस्तर उकास्न समेत सकारात्मक प्रभाब पार्ने र सरल बैकिङ्गको सबै वर्ग समुदायको पँहुच पुग्नेमा बैंक विश्वस्त रहेको बैंकबाट जारी पे्रस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्