पञ्चकन्या माई हाइड्रोपावरमा ९.९९ गुणा बढि आवेदन

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरले यहि साउन १ देखि ४ गतेसम्म सर्वसाधारणको बिक्री खुल्ला गरेको आइपीओमा १ लाख ४५ हजार जना लगानीकर्ताको आवेदन परेको छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले शुक्रबार कार्यालय समयसम्म यो आइपीओमा १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ताका लागि आवेदन परेको जानकारी दिए । यो आवेदन कुल शेयर संख्याको ९.९९ गुणाले बढि हो ।

पञ्चकन्या माई हाइड्रोपावरले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ४४ हजार ९४५० कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता ९५५० सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

पञ्चकन्याको आइपीओमा माग भन्दा धेरै आवेदन परेपछि शुक्रबार साउन ४ गते नै यसको बिक्री बन्द भएको छ ।

हाइड्रोपावरले यसअघि इलाम जिल्लाका स्थानीय बासिन्दाका लागि ११ लाख कित्ता आइपीओ निष्कासन गरिसकेको थियो । पञ्चकन्याको हाल जारी पूँजी १ अर्ब १० करोड रुपैयाँ र चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको छ । कम्पनीले इलाम जिल्लामा १२ मेगावाटको अपर माई जलविद्युत आयोजना सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्