पूर्वी नाका काँकडभिट्टाबाट १७४ नेपाली चेलीको उद्धार
काठमाडौं । माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ।
मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको र १० जनालाई सिलगुढी, दिल्ली र खोरीबारीलगायत स्थानबाट उद्धार गरेको माइती नेपालको काँकडभिट्टास्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ।
मानव बेचबिखनको ट्रान्जिट मानिएका पूर्वको काँकडभिट्टा, पशुपतिनगर र भद्रपुर, जोगवनी नाकामा माइती नेपालले कर्मचारी खटाएर नियमित निगरानी गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्