सुर्खेतमा बालबालिका हराउने दर बढ्यो, १३१ महिला बालबालिका अझै बेपत्ता

काठमाडौं । सुर्खेतमा गत आर्थिक वर्ष हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक वर्ष २०७४र७५ महिला तथा बालबालिका हराउने दर बढेको बताएको छ।
गत वर्ष बालक ७८, बालिका ४३ र महिला २०६ जना गरी जम्मा ३३७ जना महिला तथा बालबालिका हराएकामा बालक ४९, बालिका ३४ र महिला ११३ गरी १९६ जना फेला परेको र अझै १३१ महिला बालबालिका हराइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले बताए।

‘हराइरहेकामध्ये २९ बालक, नौ बालिका र ९३ महिला छन्, उनीहरुको खोजीकार्यमा प्रहरी लागिरहेको छ’, प्रहरी नायब निरीक्षक चौधरीले भने।

यसरी महिला तथा बालबालिका हराउनुमा डिप्रेसन, लागू औषध दुव्र्यसनी, घरायसी झैझगडा, विवाह गरेर घर छोड्ने र मायाप्रीतिमा देखिने खटपट मुख्य कारण रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्