सिन्धुपाल्चोकमा एक अर्ब ७० करोडभन्दा बढी रकम फ्रिज

 । आर्थिक वर्ष २०७४÷०७५ मा सिन्धुपाल्चोकमा एक अर्ब ७० करोडभन्दा बढी रकम फ्रिज भएको छ । जिल्लाको चालु र पुँजीगत दुबै तर्फको गरी एक अर्ब ७० करोड ९१ लाख ७० हजार ५ सय २६ रुपैयाँ ९९ पैसा बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।

आ.व. २०७४÷०७५कुल बजेटको ९२.३१ प्रतिशत बजेट खर्च भएको छ। पुँजिगततर्फ २२ अर्ब १९ करोड ८८ लाख ९६ हजार ८ सय ३१ रुपैयाँ २० पैसा विनियोजन भएकोमा २० अर्ब ४८ करोड ९७ लाख २६ हजार ३०४ रुपैयाँ २१ पैसा मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रणको कार्यालयले जनाएको छ ।

यस्तै चालुतर्फ १९ अर्ब ६८ करोड १४ लाख आठ हजार ३८१ रुपैयाँ २० पैसा विनियोजन भएकोमा १८ अर्ब ९५ करोड १ लाख ३९ हजार ८०७ रुपैयाँ १७ पैसा खर्च भएको छ।जिल्लाका अधिकांश विकास निर्माणका कामहरू आर्थिक वर्षको अन्त्यमा आएर सञ्चालन गर्ने प्रचलनका कारण धेरै बजे फ्रिज हुने गरेको कोष तथा लेखा नियन्त्रक लक्ष्मीप्रसाद निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्