विज्ञप्ती जारी गर्दै मसालले भन्यो : केसी प्रकरणमा सरकारले कडा मूल्य तिर्नु पर्नेछ

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले डा. गोविन्द के.सी.को अनसनको क्रममा कुनै अप्रियघटना भए त्यसको त्यसको जिम्मेवार सरकार हुनुपर्ने बताएको छ ।

त्यसका लागि सरकारले कडा मूल्य तिर्नु पर्ने मसालको जारी विज्ञप्तीमा  भनाई छ । कुनै अप्रियघटना घट्यो भने इतिहासले वर्तमान सरकारलाई क्षमा नदिने सो पार्टीले जनाएको छ ।

साउन ४ गते बसेको पार्टीको केन्द्रीय समितिका सदस्यहरुको बैठकमा डा.गोविन्द के.सी.का मागहरु, उनको अनसन र त्यसबारे सरकारले अपनाएको नीतिबारे छलफल भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्