बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दै

काठमाडौं । लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजका लागि बेलायतमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्ने भएको छ ।
नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब ह्याम्पशायर हग्ससँग पहिलो अभ्यास खेल खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार साँझ करिब ५ बजेबाट सुरु हुनेछ । ५० ओभरको खेल साउथह्याम्पटनस्थित व्हिली टाउन रोडमा हुनेछ । ह्याम्पशायर बेलायतको पुरानो क्रिकेट क्लब हो । सन् १८८७ मा स्थापना भएको यो क्रिकेट क्लबका ४ सयभन्दा बढि सदस्य रहेका छन् ।

यस्तै नेपालले दोस्रो अभ्यास खेल जुलाई २३ मा सेन्ट क्रससँग टी–ट्वेन्टी खेल खेल्नेछ । यस्तै नेपालले जुलाई २५ मा इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्दा जुलाई २६ मा इष्ट लन्डन शार्कसँग टी–ट्वेन्टी खेल खेल्नेछ ।

चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लड्र्समा जुलाई अन्तिम साता हुने त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्