प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण भ्रमण सम्पन्न

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले खैरेनीटारस्थित श्री नं.३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त बाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भई सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।

निरीक्षण भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री आजै काठमाण्डौँ फिर्ता हुनु भएको छ । निरीक्षण भ्रमणको सिलसिलामा क्षती श्रावण ०३ गते रुपन्देही जिल्लामा तैनाथ श्री मध्य पश्चिम पृतना तर्फ प्रस्थान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्