युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले बोलायो साधारणसभा
काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले पुस ७ गते साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले त्रिपुरेश्वर काठमाडौंमा बस्ने गरी उक्त साधारणसभा बोलाएको हो ।
सभामा गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । कम्पनीको मंसिर ७ गते विहिबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ५ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी एक अर्ब १५ करोड रहेको छ । उक्त लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीलाई वितरण हुनेछ ।
सो सभाले कम्पनीको गत आवको वित्तीय विवरण छलफल गरी स्वीकृत पनि गर्नेछ । त्यस्तै आव २०७४÷७५ का लागि लेखा परिक्षक नियुक्त गर्ने र सञ्चालन समितिमा रिक्त रहेका संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने एक जना र सर्वसाधारण शेयरधनीबाट २ जना सञ्चालकको नियुक्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्