जाजरकोटमा पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

काठमाडौं । जाजरकोटमा पहिरोले घर पुर्दा दुईको ज्यान गएको छ भने तीन घाइते भएका छन ।
अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको छ ।

घरमुली भक्तबहादुर बुढाको गय राति ११ बजेतिर सुतिरहेको अवस्थामा घरमाथिबाट एक्कासि पहिरो आउँदा उक्त घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्