नागबेलीको १०० प्रतिशत हकप्रद आजबाट बिक्री खुला

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाको आज (साउन ४ गते) देखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । वित्तीय संस्थाले रु. १०० अंकित दरमा ७ लाख ६६ हजार ४६३.१५ कित्ता सेयर बिक्री खुला गरेको हो । असार २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद भर्न सक्नेछन् । हकप्रद भदौ ७ गतेसम्म भर्न सकिनेछ ।

हाल नागबेलीको चुक्ता पुँजी ७ करोड ६ लाख ४६ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १५ करोड ३२ लाख ९२ हजार ६३० रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्