पञ्चकन्या माईको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको आइपीओ भर्ने आज (शुक्रबार) अन्तिम म्याद हो ।
कम्पनीले ४४ हजार ९४५० कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता ९५५० सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

पञ्चकन्याले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सामूहिक लगानी कोषका लागि छुट्याइएको ५५ हजार कित्ता सेयर भने समानुपातिक रुपमा बाँडफाँट भइसकेको छ ।

आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ हजार ५०० कित्तासम्म आवेदन दिन सकिनेछ ।

आइपीओमा लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौं साथै पुल्चोक स्थित पञ्चकन्याको कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिनेछ । सी–आस्वाबाट घरमै बसेर पनि भर्न मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्