फिलिपिन्समा १५ जना विद्रोहीको मृत्यु ।

काठमाडौ । फिलिपिन्समा ६ जना महिला सहित १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही लडाकू मारिएको फिलिपिन्सको सेनाले बुधबार जनाएको छ ।
गत हप्ता मात्रै राष्ट्रपति रोड्रिगो दुतेर्तेले विद्रोहीसँगको शान्ति वार्ता स्थगित गरेका थिए त्यसको केही दिनपछिनै उनीहरु मारिएका हुन् । मृत्यु भएका महिलामध्ये एक जना विश्वविद्यालयको विद्यार्थीसमेत भएको बताइएको छ भने घटनामा अरू पाँच जना घाइते भएका छन् ।
। पुँजीवादी प्रणालीका विरुद्ध भन्दै फिलिपिन्समा सन् १९६८ देखि कम्युनिष्ट पार्टीले विद्रोह गरिरहेको छ
द्वन्द अन्त्य गर्न वार्ता त भएको थियो तर धेरै कुराहरुमा सहमति हुन नसेकाले वार्ता अगाडि बढ्न नसकी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्