मेगा बैंकको अध्यक्षमा भोज बहादुर शाह
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको सातौं वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ ।
मेगा बैंकको शुक्रबार राति काठमाडौँमा सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो । साधारण सभामा छलफल तथा अनुमोदनका लागि पेश भएका समपूर्ण प्रस्ताब सभाले पारित गरेको थियो ।
वार्षिक साधारण सभाबाट बैंकको चुक्ता पुँजीको १०.७५ प्रतिशत बोनस शेयर पारित गर्ने निर्णय गरेको थियो । साथै सर्वसम्मतीबाट बैंकको अध्यक्षमा चयन भएका भोज बहादुर शाहले नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपाल समक्ष संचालक समितिको अध्यक्षको सपथ लिएका थिए । चुक्ता भएको साधारण शेयरको आधारमा मेगा बैंक वाणिज्य बैंकहरु मध्येकै दोस्रो ठूलो बैंकको रुपमा रहेको छ ।















प्रतिक्रिया दिनुहोस्