पोखरा विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन् । बिहीबार निरीक्षण गर्दै उनले निर्माणको काम सन्तोषजनक ढङ्गमा अघि बढिरहेको समेत बताए ।

सञ्चारकर्मीहरुसंग बोल्दै ओलीले निर्माणको कार्यलाई समयमै सम्पन्न गर्न सरकारका तर्फबाट सम्पूर्ण सहयोग उपलब्ध गराइने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले निर्माण सम्पन्न भएपछि पोखराको ट्राफिक व्यवस्थापन लगायतका विषयमा चासो व्यक्त गरेका थिए । यसबारे पर्यटनमन्त्री अधिकारीले धावनमार्गको उत्तर र दक्षिणतर्फ चार–चार लेनको सडक मार्ग विस्तार हुने जानकारी दिए । उनका अनुसार विजयपुर खोलामा अर्को पुल निर्माण गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्