ग्लोबल आईएमई बैंकको सीईओमा जनक शर्मा पौड्याल ।

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत मा जनक शर्मा पौड्याल नियुक्त भएका छन् । भदौदेखि कामु सीईओ रहेका पौड्याललाई बुधबार बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अनिल ज्ञवालीले राजिनामा गरेपछि कामु सीईओको रुपमा पौड्यालले भदौ २९ गतेदेखि जिम्मेबारी सम्हालेका थिए ।
तीन दशक बैंकिङ क्षेत्रमा बिताइसकेका उनी ग्लोबल आईएमई बैंकमा सहायक महाप्रबन्धकको रुपमा भित्रिएका थिए । त्यसपछि, उनी डेपुटी प्रमुख कार्यकारी हुँदै ग्लोबल आईएमई बैंकमा कामु सिइओ समेत बनेका थिए ।
नबिल बैंकबाट बैंकिङ्ग क्षेत्रमा करियर सुरुवात गरेका पौड्यालले ११ बर्षसम्म नबिलमै काम गरेका थिए । एनआइसी एसिया बैंकमा पाँच वर्ष कार्यअनुभव संगालेका उनी लक्ष्मी बैंकमा एक बर्ष काम गरे ।
उनी करारमा ग्लोबल आईएमई बैंकको व्यवस्थापनमा भित्रिएका थिए । बुधबारदेखि नै पौड्यालले ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्