पञ्चकन्या माई हाइड्रोपावरको आईपिओमा दुई दिनमा झण्डै चार गुणा बढीको आवेदन

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) साउन २ गतेसम्म ३७ करोड १८ लाख रुपैयाँ बराबरको आवेदन परेको जनाएको छ । यो झण्डै चार गुणा बढी हो । कम्पनीले साउन १ गतेदेखि कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणका लागि १० लाख एक हजार कित्ता सेयर निष्काशन गरेकोमा दुर्इ दिनमा सो परिमाणमा आवेदन परेको हो ।

५२ हजार बढी आवेदनबाट ३७ लाख १८ हजार कित्ता सेयर माग भएको हो। आईपिओ माग भएको रकम निष्काशित आईपिओको ३.७२ गुणा बढी हो । हाइड्रोपावरमा आवेदन गर्ने समय साउन ४ गते शुक्रबारसम्म रहेको छ ।

एक अर्ब १० करोड रुपैयाँ जारी पूँजी रहेको पञ्चकन्याले जारी पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो । कम्पनीले कूल ११ करोड रुपैयाँको ११ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

निष्काशित आईपिओमध्ये ४४ हजार कित्ता कम्पनीको कर्मचारीहरू र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । १० लाख एक हजार कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।

लगानीकर्ताले आईपिओमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीबाट तथा मेरो सेयर प्रयोगकर्ताले घरबाटै आवेदन गर्न सक्नेछन् । आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्