डा. केसीले काठमाडौं आउन मानेनन् , सरकारले अपहरण गर्न खोजेको आरोप
काठमाडौं । जुम्लामा आमरण अनसनरत डा। गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन् ।
कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा२० दिनदेखि अनसनरत डा। केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले बिहीबार बिहानै हेलिकोप्टर पठाएको थियो ।
तर, डा। केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लैजान खोजेको आरोप लगाएका छन् । डा। केसीले आफ्ना सर्मथक तथा पत्रकारहरुसित भने, ‘मलाई अपहरण गरेर काठमाडौं लैजाने प्रयास भइरहेको छ । सरकार हाम्रो अभियान तुहाउने प्रयत्न गर्दैछ भन्ने सुन्नमा आएको छ ।’
यदि राज्य मेरो स्वास्थ्यप्रति चिन्तित छ भने मेरो माग पूरा गर्नेतिर लाग्नु पर्यो । त्यसो भएमा म आफैं अनसन तोडिहाल्छु ।’
डा। केसीले माग पूरा नभएसम्म ‘चण्दननाथ बाबा’को काखमा सत्याग्रह जारी राख्ने अडान लिएका छन् ।
सरकार अधिनायकवाद लागू गर्न उद्यत भएको आरोप लगाउँदै सरकारको गुन्दागर्दी नचल्ने बताएका छन् ।
सरकार आफ्नो स्वास्थ्यप्रति चिन्तित भए आफुले अघि सारेका मागहरु पुरा गर्नुपर्ने बताए । सरकारले भने पहिला केसीको उपचार त्यसपछि मात्रै मागबारे छलफल हुने बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्