डा केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठायो !
काठमाडौं । जुम्लामा २० दिनदेखि अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकोप्टर पठाएको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएका हुन्।
डा केसीलाई लिन डा गुणराज लोहनीलाई त्यसतर्फ पठाइएको पनि उनले बताए। शिक्षमन्त्री पोखरेलका अनुसार डा केसीलाई काठमाडौं ल्याएपछि सुरुमा त्रिवी शिक्षण अस्पतालमा राखिने छ।
पछिल्लो समय केसी पनि सरकारसँग वार्ता गर्न सकारात्मक रहेका छन् । उनले आज बिहान सरकारले वार्ताका लागि बोलाए आफूहरु वार्ता गर्न तयार रहेको बताएका थिए ।















प्रतिक्रिया दिनुहोस्