रुकुममा जीप जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिका अन्तर्गत ५ धारापानीमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

रुकमकोटबाट धौलापैरा जाँदा लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र ३ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी रुकुमले जानकारीदिएको छ ।

दुर्घटनामा घाइते भएका ४ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको जानाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा रुकुमको पुथा उत्तरगंगा गाउँपालिका १ का कुमार पुन र वुद्धिराज पुन, पुथा उत्तरगंगा २ का किरण पुन, ४ का अर्जुन विक, १२ का तिर्सना तुलाचन र १४ का सालेना वर्मा र बाँकेकी ललिता परियारको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलृ जानकारी दिएको ।

दुर्घटनामा घाइते भएका मुसीकोट नगरपालिका १२ का जयवीर कामी, पुथा उत्तरगंगा ११ का प्रतिमा बु्ढामगर, पुथा उत्तरगंगा २ का धनीराम पुन र सम्झना पुनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याईएको प्रहरीले जनाएको छ ।

११ जना मानिस चढेको जीप भीरमा सडकदेखि एक सय मिटर तल खसेर थियो ।

प्रतिक्रिया दिनुहोस्