भेट्रान बलर शक्ति गौचनद्वारा सन्यासको घोषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् ।

नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँगको खेल नै शक्तिका लागि अन्तिम खेल हुनेछ । शक्तिले युरोप टुर जानु अघि आयोजित पत्रकार सम्मेलनमा सन्यास लिने घोषणा गरेका छन् ।

नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी–२० सिरिज खेल्नेछ । लगतै नेदरल्याण्ड्स जानेछ र पहिलो एकदिवसीय श्रृखला खेल्नेछ । साउन १६ र १८ मा एकदिवसीय श्रृखला हुनेछ । शक्तिका लागि यो नै नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ ।

नेपालले पाएको एकदिवसीय मान्यता युवा खेलाडीहरुका लागि अवसर भएको उनले बताए । आफ्ना जुनियरहरुले आफूभन्दा राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने विश्वास दिलाएको बताए ।

‘म फस्ट ओडीआई म्याच खेलेर विदा हुँदैछ । म चाहन्छु कि यो ब्याचले टेष्ट खेलेर विदा लिओस् ।’

शक्ति गौचनले नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटले तय गरेको यात्रा शक्ति विना सम्भव नभएको बताए । उनले उच्चस्तरको पुरस्कार घोषणा गरेर शक्ति गौचनको सम्मान गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।

प्रतिक्रिया दिनुहोस्