पश्चिम सेती फेरि चिनियाँ कम्पनीलाई दिने सरकारको तयारी

काठमाडौं । सरकारले संघीय संसद्मा पेश गरेको बजेट वक्तव्य विपरित पश्चित सेती जलविद्युत आयोजना फेरि पनि चिनियाँ कम्पनीलाई जिम्मा लगाउने कसरत शुरु गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको हालैको चीन भ्रमणपछि सरकारले आफ्नो बजेट वक्तव्य भन्दा बाहिर गएर पश्चित सेती जलविद्युत आयोजना निर्माणको विकल्प सोचेको हो ।

यसपाली पहिला पश्चिम सेतीको क्षमता कम बनाउन चिनियाँ कम्पनी थ्री गर्जेजसँग वार्ता गरिने भएको छ ।

लगानी बोर्डको मंगलबार बसेको बैठकले सुझाव समितिको प्रतिवेदन अनुसार आयोजनाको क्षमता घटाएर बनाउन चिनियाँ कम्पनीसँग वार्ता गर्ने निर्णय गरेको बोर्डद्धारा जारी विज्ञप्तीमा छ ।

प्रतिक्रिया दिनुहोस्