नागबेलीको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नागबेली लघुवित्त विकास बैंकले गत बर्षको मुनाफाबाट प्रस्ताव गरेको ४८ प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । लघुवित्तले ४५.६ बोनस सेयर र २.४५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांस पारित गर्न कम्पनीले मंसिर २५ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १३ गते बुधबार शेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ ।
साथै साधारणसभाले बोनसपछि कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव समेत पारित गर्देछ । हाल कम्पनीको चुक्ता पूँजी ५ करोड २५ लाख रहेकोमा बोनसपछि कम्पनीको चुक्ता पूँजी ७ करोड ६३ लाख पुग्नेछ । हकप्रद बिक्रीपछि शतप्रतिशत हकप्रद कम्पनीको चुक्ता पूँजी १५ करोड नाघ्नेछ ।
प्रतिक्रिया दिनुहोस्