पन्चकन्यामाईकोे आईपीओ आजबाट बिक्री खुल्ला

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको आज (साउन १) गते देखि आईपीओ बिक्री खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ दरको ११ करोड रुपैयाँको ११ लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।

एक अर्ब १० करोड रुपैयाँ जारी पुँजी रहेको पञ्चकन्याले जारी पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको हो । कूल निष्काशित आईपिओमध्ये ४४ हजार कित्ता कम्पनीको कर्मचारीहरू र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । बाँकी रहेको १० लाख एक हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल छ ।

लगानीकर्ताले सी–आस्वा प्रणालीबाट तथा मेरो सेयर प्रयोगकर्ताले घरबाटै आवेदन गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्