सरकार विरुद्ध आज पनी मण्डलामा नेविसंघ र नयाँ शक्तिले प्रदर्शन गर्ने
काठमाडौं। सरकार विरुद्ध मण्डलामा नेविसंघ र नयाँ शक्तिले आज पनी प्रदर्शन गर्ने भएको छ । आराम गर्ने र टहलाउने स्थानका रुपमा विकास गरिएको माइतीघर मण्डला पछिल्लोे समय प्रदर्शन ‘स्थल’ बनेको छ । काठमाडौंको केन्द्र भागमा रहेको माइतीघर मण्डलामा आज एकै समयमा छुट्टाछुट्टै दुईवटा समुहले प्रदर्शन गर्दैछन् ।
मण्डलामा मंगलबार दिउँसो १२ः३० बजे काङ्ग्रेसको भातृ संगठन नेविसंघले प्रदर्शन गर्दैछ भने त्यसको लगत्तै १ बजे डा।बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले प्रदर्शन गर्ने जनाएको छ ।
नेविसंघले १८ दिन देखि जुम्लामा अनसनरत डा।गोविन्द केसीको जीवन रक्षा र केसीले अघि सारेका माग सम्बोधन गर्न सरकारलाई दवाव दिन मण्डलामा प्रर्दशन गर्न लागेको जनाएको छ ।
उसले सरकारका गतिविधिलाई अधिनायकबादतर्फ उन्मुख भएको आरोप समेत लगाउँदै आएको छ ।
त्यस्तै नयाँ शक्ति नेपालले लोकतन्त्र, जनजीविका, विकास रणनीतिलगायतका विषयमा विभिन्न मागहरू राखेर प्रर्दशन गर्न लागेको सो पाटीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्