विश्वकप विजेता फ्रान्सलाई स्वदेशमा भव्य स्वागत, ५ लाख समर्थक लामबद्ध (फोटोसहित)

विश्वकपको उपाधि जितेर स्वदेश फर्किएको फ्रान्सेली टिमलाई भव्य स्वागत गरिएको छ ।  फूटबल प्रेमी, सरकार र सर्वसाधारणले मस्कोबाट विश्वकप जितेर स्वदेश फर्किएका फूटबल खेलाडीको भव्य स्वागत गरेका थिए। खेलाडीलाई स्वागत गर्न मात्र पाँच लाख समर्थक सडकमा लामबद्ध भएका थिए।

दोस्रो पटक विश्वकपको ट्रफि सहित विमानस्थलमा ओर्लदा फ्रान्सको टिमको स्वागत समर्थक विमानस्थल बाहिर बाक्लो भिँड लागेको थियो । विमानस्थलमा पनि सरकारी उच्च ओहदाका पदाधिकारीले खेलाडीलाई स्वागत गरेपछि पेरीससम्म पुग्दा पुरै सडकमा लाखौँ समर्थक ओर्लिएका थिए ।

फ्रेन्च भाषामा च्याम्पियन्स खेलेर तयार पारिएको विशेष बसमा खेलाडी जुन बाटोबाट गएका थिए, त्यसको वरपर समर्थकको बाक्लो उपस्थिति रहेको थियो । फ्रान्सको झण्डा बोकेका समर्थक खेलाडीलाई हेर्न निकै लालायित बनेका थिए । जब खेलाडी विमानस्थलबाट पेरीस पुग्ने बाटोबाट गए त्यो खेलाडी समर्थकमा खुसीको सीमा थिएन ।

निकै कडा सुरक्षाका विच खेलाडीलाई पेरीसमा परेड पनि गराइएको थियो । यतिमात्र होइन पेरीसको सडकमा खेलाडी जाँदा फाइटर प्लेनले पनि फ्रान्सको झण्डाको रंगको विशेष सो पनि गरेका थिए । फाईनलमा क्रोयसियालाई हराउदै उपाधि जितेको फ्रान्सेली टिमको जितेको खुसी साँझ ५ बजेबाट सुरु भएर रात भर जस्तै चलेको थियो ।

पेरीसको सडकमा खेलाडी जाने बाटोका लेन पुरै खाली गरिएको थियो भने एक लेनमा पुरै समर्थकले भरिएको थियो । यसका लागि त्यहाँको स्टेटले विशेष सुरक्षाका साथै ट्राफिक व्यवस्थापन पनि पूर्ण रुपमा गरेको थियो ।

नगर परिक्रमा पछि विजेता खेलाडीलाई राष्ट्रपति भवनमा पनि विशेष सम्मान दिइएको थियो । एलसी प्यालेसमा खेलाडीको स्वागतमा भब्य पार्टिको आयोजना गरिएको थियो । जसमा तीन हजार पाहुना आमन्त्रीत थिए ।

जसमध्ये एक हजार भन्दा बढी युवाहरु थिए । यसका साथै फ्रान्सले विश्व विजेता टोलीका हरेक सदस्यलाई देशको सबैभन्दा ठूलो सम्मान दिने भएको छ । उनीहरुलाई लेजियन डी अनरबाट सम्मान गरिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्