सरकारी ढुकुटीमा मनोमानी, सार्वजनिक बिदाको दिन ४ अर्बको चेक

काठमाडौं । आर्थिक वर्षको अनितममा सरकारी ढिकुटीमा जिम्मेवार निकायहरुले मनोमानी खर्च गरिरहेका छन्। सार्वजनिक बिदाको दिनमै चार अर्ब रुपैयाँको चेक काटेको पाइएको छ।

सरकारी आयव्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक बिदाको दिन अर्थात् असार ३० शनिबारसमेत चार अर्ब १३ करोड २२ लाख ५३ हजार रुपैयाँ पुँजीगत बजेटको चेक काटिएको समाचार कारोबार दैनिकमा छ।

आर्थिक वर्षको अन्तिम महिनामा २० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न नपाउने व्यवस्था छ। तर, सरकारले एकै दिन ८.२४ प्रतिशत पुँजीगत बजेटको चेक काटेको छ।

सरकारी ढुकुटीको रकम जसरी पनि खर्च गरेर उपलब्धीका रुपमा देखाउन जथाभावी रुपमा चेक काटिनुले सरकारको वित्तीय सुशासनको नारा र भूमिकामाथि नै गम्भीर प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया दिनुहोस्