एनएमबि बैंकको एफपिओ बाँडफाँड

काठमाडौं । एनएमबि बैंकले निष्काशन गरेको एफपिओ सोमबार बाँडफाँड भएको छ । एनएमबि बैंकले निष्काशन गरेको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बाँडफाँड भएको हो ।
एफपिओमा कूल ६९ हजार ६४६ आवेदन परेकोमा १० जनाले दोहोरो आवेदन गरेका कारण २० वटा आवेदन रद्ध भएको छ । ६९ हजार ६२६ वटा आवेदन योग्य भएका छन् ।

एफपिओमा एक लाख ५० हजार १५० कित्तासम्म आवेदन गर्ने सबै ६९ हजार ६२४ जनाले मागे बमोजिम सेयर प्राप्त गरेका छन् । उनीहरुलाई एक करोड १० लाख ४३ हजार ७१० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

एनएमबि बैंकले जेठ ३० गतेदेखि असार २८ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्री गरेको हो ।

एफपिओबाट बैंकले २ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ भने एक अर्ब १४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी बढाएको छ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ रहेको छ । एफपिओ जारी पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख नाघ्नेछ ।

प्रतिक्रिया दिनुहोस्