केयुको सिट संख्या बढाउन गरेको प्रस्ताव काउन्सिलद्वारा ठाडै अस्वीकार

काठमाडौं । काठमाडौं विश्वविद्यालयले मातहतका दुई मेडिकल कलेजमा सिट संख्या बढाउन गरेको प्रस्तावलाई नेपाल मेडिकल काउन्सिलले अस्वीकार गरेको छ ।
काउन्सिलका रजिष्ट्रार डा. दिलिप शर्माले काठमाडौं विश्वविद्यालयले मातहतका दुई मेडिकल कलेजमा सिट संख्या बढाउन गरेको प्रस्तावलाई नेपाल मेडिकल काउन्सिलले अस्वीकार गर्दै , ‘काउन्सिलले तोकिसकेको सिट संख्यालाई व्यापक छलफल गरि उपरोक्त दुवै कलेजको अधिकतम सिट संख्या वृद्धि गर्न वा पुनरावलोकनको कुनै स्थान नरहेको स्पष्ट पार्न चाहन्छु ।’ केयूले नोबेल र विराट मेडिकल कलेजमा सिट थप्न आग्रह गरेको थियो । रजिष्ट्रार शर्माले नोबेल र विराट मेडिकल कलेजमा संकाय र पठनपाठनलाई आधार मानेर सिट निर्धारण गरेको बताए । उनी भने, ‘काउन्सिल ऐन ०२० मा तोकिसकेका मेडिकल कलेजको सिट बढाउने विषयमा पुनरावलोकन गर्ने बारे कुनै प्रावधान नभएकाले विराट र नोबेलमा सिट नबढाउने निर्णय गरिएको हो ।’ मेडिकल काउन्सिलले २८ भदौमा विराट मेडिकल कलेजलाई ६० र नोबेल मेडिकल कलेजका लागि यो वर्ष एमबीबीएस तहमा विद्यार्थी भर्ना गर्न ९० सिट दिएको थियो । काउन्सिलले दिएको सिटमा असन्तुष्टि जनाउँदै केयूले ६ मंसिरमा नोबेल र विराट मेडिकल कलेजमा १०(१० सिट बढाउन निर्देशन दिएको थियो । दुबै कलेजले १०(१० सिट बढाउँदा काउन्सिलले तोकेको सिट बाहेक सात करोड ६० लाखको कारोबार हुन्छ । केयूका डिन डा। राजेन्द्र कोजूले काउन्सिलको निर्णयमाथि प्रतिक्रिया नजनाउने बताए । तर, उनले काउन्सिल कलेजप्रति सकारात्मक बन्नुपर्ने बताए । उनी भन्छन्, ‘मैले केयूको प्राज्ञिक परिदषद्को निर्णयका आधारमा सिट पुनरालोकन गर्न काउन्सिलमा पत्र पठाएको हँु।’ केयूको प्राज्ञिक परिषद्मा अध्यक्षमा उपकुलपति डा. रामकण्ठ मकाजु र सदस्य सचिवमा रजिष्ट्रार भोला थापा छन् ।

प्रतिक्रिया दिनुहोस्