पानीजहाज चलाउन प्राविधिक पक्षमाथि भारतसँगको छलफल अघि बढ्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाज सञ्चालन गर्ने घोषणालाई डुंगासँग तुलना गरेर मजाक उडाउने काम भइरहेका बेला सरकारले पानीजहाज सञ्चालनका लागि आवश्यक काम अगाडि बढाएको छ ।

सरकारले पानीजहाज सञ्चालन गर्ने प्रधानमन्त्री ओलीको घोषणा कार्यान्वयनका लागि प्राविधिक पक्षमाथि छलफल सुरु गरेको हो ।

जल तथा ऊर्जा आयोगले भारतको पानीजहाज प्राधिकरणका पदाधिकारीलाई काठमाडौं झिकाएर पानीजहाज सञ्चालनको विषयमा छलफल गरेको आयोगले जनाएको छ ।

आइतबार सुरु भएको छलफलमा दुवै पक्षले आ–आफ्नो प्रस्तुति गरेका छन् । छलफल प्रस्तुतिमाथि केन्द्रीत रहेको आयोगका सहसचिव माधव बेल्वासेले जानकारी दिए ।

बेल्वासेका अनुसार छलफलमा नेपालले जल यातायात सञ्चालनका लागि कोसी र नारायणीमध्ये कुन नदी उपयुक्त हुन्छ भन्ने विषयमा भारतको सुझाव मागेको छ

प्रतिक्रिया दिनुहोस्